६ पुष २०८२, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविनको माग गर्दै रास्वपाद्वारा संसद बहिस्कार



photo: rss
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै आज पनि संसद बहिस्कार गरेको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद सोविता गौतमले भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि सरकार गम्भिर नभएको भन्दै संसद बहिस्कार गर्ने बताउनुभएको हो । उहाँले सरकारले स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएको आरोप लगाउँदै आपत्ति समेत जनाउनु भयो । सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर फर्किएको स्पेनको कार्यक्रममा गएका केही व्यक्तिहरू स्वदेश नफर्किएको समाचार आइरहेको भन्दै यसबारे समेत छानविन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वयं प्रधानमन्त्रीज्यु जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागि हुने बाहानामा गएर नफर्किएको भन्ने समाचारहरु पनि आइरहेका छन् । यसमा व्यक्ति विषेश हाम्रो केही आरोप छैन । तर यो अत्यन्तै गम्भिर विषय हो । सरकारले नेपाली जनताको ज्युधन र अन्तराष्ट्रियस्तरमा नेपालको छवि जोडिएको यस्तो गम्भिर विषयमा पनि उच्चस्तरीय छानविन समिति नबनाएर स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै आफूभन्दा कनिष्ट कर्मचारी सम्मिलित एउटा टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद र आपत्ति छ । हाम्रो हिजो पनि र आज पनि एउटै छ । उच्चस्तरीय छानविन आयोग जसरी पनि बन्नुपर्छ । हाम्रो माग सम्बोधन गर्ने चौडा छाति सरकारसँग रहेनछ सभामुख महोदय । त्यसकारण आज पनि हामी विरोधस्वरुप यो संसद बहिस्कार गर्दछौं ।’

उहाँले फरक प्रसंगमा बोल्दै बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको गर्न समेत सरकारको ध्यानाकर्षण गर्नुभयो ।