काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अम्पारिङ गरेका अफगानस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन भएको छ ।
अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)ले अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर शिनवारीको सोमबार राती मृत्यु भएको जनाएको छ । ।
एसिबीका अनुसार शिनवारी लामो समयदेखि बिरामी रहेका थिए ।
४१ वर्षीय शिनवारीले ३४ ओडिआई तथा २६ टि ट्वान्टी आईमा अम्पायरको भूमिका निर्वाह गरेका थिए ।










