१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा बाढी, नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो (फोटो फिचरसहित)



फोटो : सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । चिनियाँ भूभागमा आएको भीषण वर्षासँगैको बाढीले रसुवामा पर्ने नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । बाढी बिहान ३ बजे आएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको बताउनुभएको छ ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका केही सवारी साधन बगाएको छ ।

ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने आशंका गरिएको छ । तर यसको अहिलेसम्म पुष्टि भएको छैन ।

बाढीका कारण त्रिशुली नदीको जल सतह ह्वात्तै बढेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले भने नदीमा ठूलो बाढी आएका सचेत रहन अनुरोध गरेको छ ।

तस्बिर : रेडियो रसुवा