काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
नियमित कार्यतालिका अनुसार बसेको बैठकमा समसामयिक विषयहरूमाथि छलफल हुनुका साथै विभिन्न मन्त्रालयहरूले अघि सारेका प्रस्तावहरूमाथि निर्णय गरिने बताइएको छ।
बैठकमा आन्तरिक प्रशासन, बजेट कार्यान्वयन, विकास आयोजनाहरूको प्रगति, तथा राष्ट्रिय हितका अन्य महत्वपूर्ण विषयहरूबारे पनि चर्चा हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
सरकारले नीति निर्माण, कार्यान्वयन र समयसापेक्ष निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् बैठकलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ।










