२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट डिभिजन वन प्रमुखमाथि कार्यकक्षमै हातपात



अ+ अ-

जाजरकोट। जाजरकोटमा डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै आक्रमण भएको छ। आइतवार कार्यालय समयमै अज्ञात समूहले कार्यालयभित्र पसेर उनलाई कुटपिट गरेको हो।

शाहका अनुसार, उनी सामान्य प्रशासनिक फाइलहरू हेर्दै गरेका बेला ३–४ जनाको समूह एक्कासी कार्यकक्षमा पसेर दुर्व्यवहार गर्दै हातपातमा उत्रिएको थियो। ‘अचानक आक्रोशित शैलीमा चिच्याउँदै कोठामा छिरेर मलाई धकेल्दै कुट्न थाले,’ शाहले भने, ‘सरकारी कार्यालयमै यस्तो अवस्था आउँछ भन्ने कल्पनासमेत गरेको थिइनँ।’

आक्रमणको स्पष्ट कारण नखुले पनि प्रारम्भिक अनुमान अनुसार व्यक्तिगत रिसइवी वा वनसम्बन्धी विवादका कारण घटना भएको हुनसक्ने बताइएको छ। घटनापछि स्थानीय प्रशासन र प्रहरी टोलीले अनुसन्धान थालेको छ।

यो घटनाले सरकारी कर्मचारीहरूको कार्यस्थलमै सुरक्षा चुनौती बढेको देखिएको छ। प्रशासनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।