२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टाइनमा लैजान खोज्दा भीरबाट हामफाली आत्महत्या



अ+ अ-

काठमाडौं । क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटैमा भीरबाट हाम फालेका पुरूषको मृत्यु भएको छ। भीरबाट हाम फालेका बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीलाई पर्वत अस्पतालबाट थप उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।  

भारतबाट सुनौली नाका हुँदै आएका नेपाली सहतिका केहीलाई बाग्लुङ नगरपालिकाको क्वारेन्टाइनमा राख्ने तयारी थियो । नेपालीले पर्वत जिल्लाको कुस्मा नगरपालिका–८ स्थित चुवाको भीरबाट नेपाली हाम फलेका हुन् । 

प्रत्यक्षदर्शीका अनुसार सडकमा बस फसेपछि त्यसलाई सञ्चालन गर्ने प्रयास भइरहेका बेला उनी बसबाट आर्लिएर भीरमा हाम फालेका थिए। गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको थियो । 

मृतकको शव अहिले पोखरास्थित गण्डकी अस्पताल छ । उनले किन आत्महत्या गर्ने खाजेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।