२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ लाख धेरौटी तिर्न नसकेर कारागार चलान भए युनुस अन्सारी



अ+ अ-

काठमाडौं । बाराका युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् ।

अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले सोमबार भएको थुनछेक बहसपछि १५ लाख धरौटी दिन आदेश दिएको थियो ।

तर उक्त धरौटी रकम तिर्न नसकेर अन्सारी कारागार कार्यालय कारागार चलान भएका हुन् ।

सम्पत्ति शुद्धिकरण मुद्दा खेपिरहेका अन्सारी नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भएपछि ललितपुरको नख्खु कारागारमा ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्दै थिए ।

तर उनी रिहा हुने भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार नै पत्राचार गरिसकेको थियो ।

त्यही पत्रका आधारमा कारागारबाट रिहा भए लगत्तै अन्सारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो ।

अन्सारी पहिलो पटक २०६६ मा पुस १३ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना माघ १७ मा कारागार चलान भएका थिए । त्यति बेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए ।

यस्तै, २०६७ असोज ६ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारीको नाम जोडिएको थियो । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी २०७० असोज १८ मा छुटेका थिए ।

तेस्रो पटक २०७० माघ १० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरेर छुटेका थिए । २०७६ जेठ १० मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए ।

त्यसपछि उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यही कैद सजाय उनले अहिले पुरा गरेका थिए ।

उनी पूर्वमन्त्री सलीम मियाँ अन्सारीका पुत्र हुन् ।