काठमाडौँ । सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन् ।
न्याय परिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गर्नुभएको हो ।
सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको थियो ।











