२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता अफ्ठ्यारोमा परेका बेला सहयोग गर्न नसक्ने कस्तो सरकार : नेविसंघ



अ+ अ-

काठमाडौं । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले आइतबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने, आरडिटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताउनुभयो । जनता मरेपछि पीसीआर परीक्षण हुने प्रवृतिको अन्त्य गर्दै रुकुम घटनाका दोषिलाई कडा कारवाही हुनुपर्ने माग उहाँले राख्नुभयो ।

नेविसंघ महामन्त्री मनोज बैद्यले जनताको मत लिएर जनता अफ्ठ्यारोमा परेका बेला सहयोग गर्न नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताउनुभयो ।

विजुली बजारबाट नाराबाजी गर्दै ठूलो संख्यामा विद्यार्थीहरु बानेश्वर पुगेका थिए । ‘हेलो प्रधानमन्त्री ज्यू अब त उठ्नुस, भाषण होइन रासन दिनुस, सरकार १० अर्बको हिसाब खोइ ?, लाठी खान तयार छौँ साथी, हामी बुझ्छौँ तिमीलाई जवाफ दिनुपर्छ माथी, निन्द्रा तिमीलाई पनि पटक्कै नलाग्दो हो सुत्न खोज्दा राती’ नारा लेखिएका प्लेकार्डहरु प्रदर्शनकारीहरुले बोकेका थिए ।