१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको प्रधानमन्त्रीको दाबी



अ+ अ-

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आफ्नो स्पेन भ्रमणको उपलब्धीबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो दाबी गर्नुभएको हो ।

सम्मेलनमा आफ्नो सहभागिले नेपालको छवि उँचो हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध तथा संयुक्त राष्ट्र सँगको सहकार्य अझ मजबुत बनाउन सहयोग पुगेको उहाँको भनाइ छ । उहाँले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नतिमा पुग्ने तयारीमा रहेको भन्दै सहयोगको आह्वान गरेको पनि बताउनुभयो । उहाँले  भ्रमणबाट वैदेशिक र राष्ट्रसंघसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई जानकारी गराउनु भयो ।

उहाँले खानेपानी तथा सरसफाइ अभियानमा नेपालको सहभागिता घोषणा तथा सम्मेलनमा आयोजित विश्व ऐक्यवद्धतामा लगानी सम्मेलनमा सहभागि र सम्बोधन गरेको पनि जानकारी गराउनु भयो ।