२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको प्रधानमन्त्रीको दाबी



अ+ अ-

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आफ्नो स्पेन भ्रमणको उपलब्धीबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो दाबी गर्नुभएको हो ।

सम्मेलनमा आफ्नो सहभागिले नेपालको छवि उँचो हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध तथा संयुक्त राष्ट्र सँगको सहकार्य अझ मजबुत बनाउन सहयोग पुगेको उहाँको भनाइ छ । उहाँले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नतिमा पुग्ने तयारीमा रहेको भन्दै सहयोगको आह्वान गरेको पनि बताउनुभयो । उहाँले  भ्रमणबाट वैदेशिक र राष्ट्रसंघसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई जानकारी गराउनु भयो ।

उहाँले खानेपानी तथा सरसफाइ अभियानमा नेपालको सहभागिता घोषणा तथा सम्मेलनमा आयोजित विश्व ऐक्यवद्धतामा लगानी सम्मेलनमा सहभागि र सम्बोधन गरेको पनि जानकारी गराउनु भयो ।