२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाम एयरकाे बिमानबाट १६६ जना स्वदेश फिर्ता



अ+ अ-

काठमाडौंः ओमानमा करार अवधि समाप्त र रोजगारविहीन भएका एक सय ६६ जना नेपाली आइतबार काठमाडौं आइपुगेका छन् । उनीहरू सलाम एयरको उडान नम्बर ओभी ४२७ मार्फत दिउँसो २ बजे काठमाडौंमा आइपुगेका हुन् ।

मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदार ल्याउन सलामले पहिलो उडान गरेको हो । सरकारले चार्टर विमानका लागि तोकेको भन्दा झन्डै १० हजार रुपैयाँ कम भाडामा सलामले उद्धार उडान गरेकाे बताइएकाे छ । सलाममा यात्रा गरेका सबै नेपालीकाे पीसीआर परीक्षण गरिएकाे नेपाली दूतावासले जनाएकाे छ । 

रोजगारदाता र कामदार आफैंले टिकट खर्च व्यहोरेका छन् । दूतावासको सेल्टरमा रहेका १३ जना महिलाको टिकट खर्च भने दूतावासले नै प्रबन्ध गरेको बताइएकाे छ ।

सरकारले मस्कटबाट चार्टर गर्दा नेपाल एयरलाइन्सका लागि ३ सय ६६ डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि झन्डै ४८ हजार भाडादर कायम गरेको छ ।

दूतावासले त्योभन्दा कम ३६ हजार रुपैयाँमा सलाम एयरबाट कामदार पठाएको हो । अर्को उडान असार ४ गते बिहीबार निर्धारण गरिएको छ । ओमानबाट ६ सय नेपाली घर फिर्न चाहेका छन् ।