२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशै भर वर्षा, सतर्क रहन विभागको आग्रह



अ+ अ-

काठमाडौं । देशभरको मौसम बदली भई अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। प्रदेश नम्बर एक देखि पाँच सम्मका अधिकांस स्थानको मौसम बदली भई पानी परिरहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मनसुनी गतिविधी सक्रिय भएका कारण यी स्थानहरुमा दिउँसैसम्म पानी पर्ने बताएको छ । केही ठाउँमा भारी वर्षा हुने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । त्यस्तै सुदूरपश्चिम र पश्चिमी भेगको मौसम पनि विहानैदेखी बदली भएको बताएको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी बायु पनि सक्रिय रहेको मौसम विभागले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा पनि पानी परिरहेको छ। उपत्यकामा बेलुकासम्मै पानी पर्ने बिभागले जनाएको छ । पछिल्लो २० घन्टामा काठमाडौं उपत्यकामा २३ दशमलव ८ मिलीमिटर वर्षा मापन भएको छ।