३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक प्रताप दास र अन्नु चौधरीको ‘एउटै सपना’ सार्वजनिक



अ+ अ-

काठमाडौं। गायक प्रताप दास र गायिका अन्नु चौधरीको सशक्त स्वरमा सजिएको नयाँ नेपाली गीत ‘एउटै सपना’ सार्वजनिक भएको छ। गहिरो प्रेम र भावनात्मक उतारचढावको कथालाई प्रस्तुत गर्ने गीतले छोटो समयमा नै दर्शक–श्रोताको ध्यान तानेको छ।

गीतको भिडियोमा जापानमा बसोबास गर्दै आएका चर्चित मोडल शिरीष गौतम र मोडल सुष्मा थापा को अभिनय देख्न सकिन्छ। टिकटकमार्फत पहिचान बनाएका गौतम जापानमा होटल व्यवसाय समेत सञ्चालन गर्दै आएका छन्।

गीतको शब्द लेखन किशोर पोख्रेलले गरेका छन् भने सङ्गीत तथा संगीत संयोजन सरोज पोखरेलको रहेको छ। भिडिओ गोविन्द बिष्टको निर्देशनमा तयार गरिएको हो।

सार्वजनिक भएको केही दिनमै गीतले युट्युबमा १५ हजारभन्दा बढी भ्युज र ४ सयभन्दा बढी लाइक पाइसकेको छ। समसामयिक प्रेम, संघर्ष र युवाको सपना बोकेको गीतले पछिल्लो पुस्ताको भावनालाई कलात्मक रूपमा अभिव्यक्त गरेको छ।

‘एउटै सपना’ केवल मनोरञ्जन मात्र होइन, समयसँगै भावनात्मक रूपमा कालजयी बन्ने सम्भावना बोकेको गीतको रूपमा हेरिएको छ।