३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौंको होटलबाट लागू औषधसहित ५ जना पक्राउ

काठमाडौंको होटलबाट लागू औषधसहित ५ जना पक्राउ
अ+ अ-

काठमाडौं। राजधानीको झोंछे क्षेत्रस्थित एक होटलमा लागू औषध कोकिन जस्तो देखिने पदार्थको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले छापा मारी पाँच जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो मात्रामा लागू औषध, नगद रकम, स्कुटर, मोबाइललगायतका सामग्री बरामद गरिएको छ। असार २० गते राति करिब २:२० बजे मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२० स्थित ‘इन होटल’ को तेस्रो तल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत काठमाडौंबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दर्शन सापकोटा, २१ वर्ष, बुढानिलकण्ठ नगरपालिका–११ काठमाडौं, सन्देश बहादुर भट्ट १९ वर्ष गोकर्णेश्वर नगरपालिका–४, हाल बसन्तबारी होटल काठमाडौं–४, आयुष श्रेष्ठ २६ वर्ष इन्द्रावती गाउँपालिका–२ सिन्धुपाल्चोक, हाल बाफल, काठमाडौं–६, प्रकाश यादव २२ वर्ष विष्णुपुर गाउँपालिका–८ सर्लाही हाल झमेलो ललितपुर–१ र सुजन अधिकारी ३८ वर्ष ललितपुर महानगरपालिका–४ हाल बालुवाटार काठमाडौं–४ बाट कोकिन जस्तो देखिने लागू औषध – ६५.१३ ग्राम, LSD जस्तो देखिने लागू औषध – ३ थान, विभिन्न कम्पनीका मोबाइल – ५ थान, इलेक्ट्रोनिक तराजु – १ थान, Vespa स्कुटर – १ थान , नेपाली नगद – रु २,११,००० (अक्षरेपी दुई लाख एघार हजार) र  लागू औषध प्याक गर्न प्रयोग हुने प्लास्टिक खोलहरुसहित पक्राउ गरेको हो ।