२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको होटलबाट लागू औषधसहित ५ जना पक्राउ



अ+ अ-

काठमाडौं। राजधानीको झोंछे क्षेत्रस्थित एक होटलमा लागू औषध कोकिन जस्तो देखिने पदार्थको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले छापा मारी पाँच जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो मात्रामा लागू औषध, नगद रकम, स्कुटर, मोबाइललगायतका सामग्री बरामद गरिएको छ। असार २० गते राति करिब २:२० बजे मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२० स्थित ‘इन होटल’ को तेस्रो तल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत काठमाडौंबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दर्शन सापकोटा, २१ वर्ष, बुढानिलकण्ठ नगरपालिका–११ काठमाडौं, सन्देश बहादुर भट्ट १९ वर्ष गोकर्णेश्वर नगरपालिका–४, हाल बसन्तबारी होटल काठमाडौं–४, आयुष श्रेष्ठ २६ वर्ष इन्द्रावती गाउँपालिका–२ सिन्धुपाल्चोक, हाल बाफल, काठमाडौं–६, प्रकाश यादव २२ वर्ष विष्णुपुर गाउँपालिका–८ सर्लाही हाल झमेलो ललितपुर–१ र सुजन अधिकारी ३८ वर्ष ललितपुर महानगरपालिका–४ हाल बालुवाटार काठमाडौं–४ बाट कोकिन जस्तो देखिने लागू औषध – ६५.१३ ग्राम, LSD जस्तो देखिने लागू औषध – ३ थान, विभिन्न कम्पनीका मोबाइल – ५ थान, इलेक्ट्रोनिक तराजु – १ थान, Vespa स्कुटर – १ थान , नेपाली नगद – रु २,११,००० (अक्षरेपी दुई लाख एघार हजार) र  लागू औषध प्याक गर्न प्रयोग हुने प्लास्टिक खोलहरुसहित पक्राउ गरेको हो ।