२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु, संक्रमितको संख्या तीन लाख ४३ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा मात्र १० हजार ६६७ नयाँ संक्रमित फेला परेसंगै संक्रमित हुनेको संख्या पनि तीन लाख ४३ हजार ९१ पुगेको छ ।  

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १० हजार ७४४ संक्रमित फेला परेका छन् भने चार हजार १२८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४६ हजार ५०४ संक्रमित फेला परेका छन् भने ४७९ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा ४२ हजार ८२९ संक्रमित भेटिँदा एक हजार चार सयको मृत्यु भइसकेको छ । गुजरातमा २४ हजार ५५ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५०५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ६१५ संक्रमित फेला परेका छन् भने ३९९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ४९४ संक्रमित भेटिएका छन् भने ४८५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ६५० संक्रमित फेला परेका छन् भने ४० जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८० हजार १३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।