२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई कोरोना नियन्त्रणमा गम्भीर बन्न कांग्रेसको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर भई प्रभावकारी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

मंगलबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको संसदीय दलका प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

कांग्रेसले पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि गर्नुपर्ने बताउँदै आएको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले प्रधानमन्त्रीलाई भेटेर कोरोना नियन्त्रणमा गम्भीर बन्न र परीक्षणको दायरा वृद्धि गर्न ध्यानाकर्षण गराइएको बताइन्।

कांग्रेस सांसदहरु भीमसेनदास प्रधान, राजन केसी, गगन थापालगायतका नेताहरु प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन बालुवाटार पुगेका थिए।