२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीहरूले देखाएको साहस, आत्मबल, र जुझारूपनले सम्पूर्ण नेपालीलाई गर्व गरायोः किरण चेम्जोङ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले महिला फुटबल टोलिको प्रशंसा गरेका छन् ।

एसियन कपमा छनोट हुनबाट चुकेको नेपालले आफूभन्दा धेरै बलियो उज्वेकिस्तानसँग ३–३ को बराबरी खेल्दै पेनाल्टीमा पराजित हुन पुग्यो ।

नेपाली महिला टोलिले खेलेको उक्त खेलको प्रशंसा गर्दै कप्तान किरणले नतिजा आफ्नो पक्षमा नआएपनि खेलको हरेक सेकेन्डमा खेलाडीहरूले देखाएको साहस, आत्मबल, र जुझारूपनले सम्पूर्ण नेपालीलाई गर्व गराएको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘एसियन कप छनोटमा एशियाकै अब्बल राष्ट्र उज्बेकिस्तानसँगको खेलमा, नतिजा हाम्रो पक्षमा आएन । तर खेलको हरेक सेकेन्डमा खेलाडीहरूले देखाएको साहस, आत्मबल, र जुझारूपनले सम्पूर्ण नेपालीलाई गर्व गरायो ।’

यो हार नभई ठूलो अनुभव रहेको भन्दै महिला टोलिको खेल देखेर अब नेपालले जित्न कति बाँकी छैन भन्ने महसुस गराएको उनले प्रतिक्रिया दिए ।

उनले भने– ‘यो हार होइन, ठूलो अनुभव हो । तपाईंहरूलाई देखेर अब नेपालले जित्न कति बाँकी छैन भन्ने महसुस हुन्छ ।’