१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा २४ घन्टायता चार सयभन्दा कमको मृत्यु



अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका कारण भएका मृत्युमध्ये ४०० भन्दा कमको ज्यान गएको हो ।

उक्त विश्वविद्यालयले ४०० भन्दा कमको निधन भएको अमेरिकामा यो दोस्रो दिन हो भनेको छ । यसरी हेर्दा अमेरिकामा एकै दिनमा हुने मृत्युमा कमी आएको देखिएको छ ।आइतबार यहाँ ३८५ जना कोरोना संक्रमितको ज्यान गएको छ । त्यस्तै सोमबार यो भाइरसबाट ३८२ जनाको ज्यान गएको सो विश्वविद्यालयको तथ्याङमा देखिएको छ । 

मार्च महिनाको अन्त्यतिरबाट शुरु भएको यहाँको महामारीमा दैनिक रुपमा निकै धरै मानिसको ज्यान जाने गरेको थियो । उक्त संख्यामा आइतबार र  सोमबार निकै ठूलो मात्रामा कटौती आएको देखिएको अधिकारीहरुले जनाएका छन् । 

अमेरिकी अधिकारीहरुले यस हप्ताको अन्त्यतिर योभन्दा पनि कम संख्यामा कोरोना प्रभावितको ज्यान जान सक्ने अनुमान पनि गरेका बताइएको छ । अमेरिकामा संक्रमित हुनेको संख्या भने बढ्दो मात्रामा रहेको देखिएको छ । यहाँ मंगलबारसम्म १ लाख १६ हजार नागरिकको ज्यान गएको छ । 

त्यस्तै यहाँ २० लाख भन्दा पनि बढी व्यक्ति कोरोना भाइरसका संक्रमित भएका छन् । यहाँ अहिले पनि दिनमा करिब २० हजार जना संक्रमित थपिने गरेका पाइएको छ ।