२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र बङ्गलादेशले २०२६ सम्मका लागि क्रिकेट खेल श्रृङ्खलालाई स्थगित गर्ने



अ+ अ-

काठमाडौँ । भारत र बङ्गलादेशबीच आगामी महिना हुने भनिएको क्रिकेट ह्वाइट बल श्रृङ्खलाको छ वटा खेल सन् २०२६ सम्मका लागि स्थगित गरिएको दुवै देशका राष्ट्रिय क्रिकेट बोर्डले शनिबार जानकारी दिएका छन् ।

ढाकामा अगस्ट १७ देखि तीन एकदिवसीय र तीन टि–२० खेलको श्रृङ्खला सुरु हुने तयारी भएको थियो ।

गत वर्ष ढाकामा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा चिसोपन आएको छ ।

बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले खेल श्रृङ्खलालाई सार्न सहमति जनाएका छन् ।

“अन्तर्राष्ट्रिय क्रिकेट प्रतिबद्धता र दुवै टोलीको तालिकाको सुविधालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो,” विज्ञप्तिमा भनिएको छ।

बङ्गलादेशको बिसिबीले सन् २०२६ सेप्टेम्बरमा भारतलाई स्वागत गर्न आतुर रहेको बताएको छ ।

सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहबाट हेलिकप्टरबाट भागेर नयाँदिल्ली पुग्नुभएकी हसिनाको बिषयलाई लिएर ढाकामा गहिरो आक्रोश छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा हसिनाको सरकारले सत्तामा टिकिराख्न गरेका असफल प्रयासका क्रममा प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि भएका झडपमा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।

बङ्गलादेशमा सन् २०२६ को सुरुमा चुनाव हुने अपेक्षा गरिएको छ ।