१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलवार नयाँ पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका छन् ।

दैलेख दुल्लु नगरपालिका-३ का एकजना ३२ वर्षीय युवक, ५ का ३० वर्षीय युवक, ७ का ३ वर्षीय बालक र ३८ वर्षीय युवक, ११ का ४२ वर्षीय पुरुष रहेका छन् ।

यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका- ११ का २१ वर्षीय पुरुष र १२ का १८ वर्षीय किशोर रहेका छन् भने भेरीगंगा नगरपालिका-११ का ६७ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ ।

योसँगै कर्णालीमा कोरोना सं‌क्रमितको संख्या १०८६ पुगेको छ ।