२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री यादवद्वारा श्रमिक सूचना बैंक स्थापनाको घोषणा



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवद्वारा श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा भएको छ । 

सरकारको नीती तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को बार्षिक वजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थपना गर्ने कार्य अगाडी बढेको छ । 

श्रमिक बैंक स्थपना गरि कार्यन्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समुह गठन गरि कार्य प्रारम्भ गरेको छ । कृषि लगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरु के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, शीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् बारे एकत्रित जानकारी उपलब्ध गराउने उदेश्यले श्रमिक बैंकको स्थपना गर्न लागेको मन्त्री यादवले बताए । 

विकास र औद्योगिकरणले गति लिदैगर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैंकको स्थपनाले श्रमिकको सम्रग व्यवस्थापनमा मदत पुर¥याउने भएकोलेश्रमिक बैंकको आवश्यता रहेको मन्त्री यादवले प्रष्ट पारे । 
मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितीमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यन्वयन बारे प्रस्तुतिकरण गरेका थिए ।