१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्र पंक्तिमा रहेर काम गर्नेहरुलाई सरकारले निःशूल्क १ करोडको विमा गर्नुपर्ने कांग्रेसको माग



अ+ अ-

काठमाडौं । पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निःशूल्क १ करोडको विमा गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझएको छ ।  

७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निःशूल्क विमा गर्न माग गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सरक्षाकर्मी र संचारकर्मीहरुको सरकारले प्रतिव्यक्ति एक करोडको विमा गर्न माग गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति सभापति सबुज बानियाले सरकार जनसरोकारका समस्या सम्बोधन गर्न असफल भएको बताउनुभयो । सरकार भ्रष्टाचारमा लिप्त भएको, महामारीको समयमा आफ्ना कार्यकर्ता पाल्न सिमित भएको र जनताहरुको समस्या सम्बोधन गर्ने गरी अगाडी नबढेकाले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले सरकारले १० अर्ब खर्च गरेको सार्वजनिक भइरहँदा महानगरापलिकालाई एक रुपैयाँ पनि प्राप्त नभएको बताउनुभयो । महानगरपालिकाले छुट्याएको १० करोडबाट अहिले प्रत्येक वडाहरुमा राहत वितरणका काम भइरहेको उहाँले बताउनुभयो ।

कांग्रेस जिल्ला कार्यसमितिले राहत न्यायपूर्ण ढंगबाट वितरण गर्नुपर्ने, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानको लागि विशेष कार्यायोजना सहित राहत प्याकेज घोषणा गर्नुपर्ने माग पनि गरेको छ । क्वारेन्टाइनको सुधार गर्नुपर्ने पीसीआर परीक्षण बढाउनुपर्ने माग पनि कांग्रेसले गरेको ।