२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनताले अनुभूति गर्नेगरी मुलुकको विकास गर्नुपर्छ’



अ+ अ-

मोरङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलले जनताले अनुभूति गर्नेगरी मुलुकको समग्र पक्षको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राप्रपा विराटनगर नगर समितिको आज उद्घाटन गर्दै उहाँले राप्रपाको नेतृत्वमा मात्र जनताले अनुभूति गर्ने किसिमको मुलुकको सम्पूर्ण विकास सम्भव रहेको धारणा राख्नुभयो ।

जनताको मतद्वारा राप्रपाको नेतृत्वमा सरकार निर्माण गरी मुलुकको विकासका साथै पार्टीको एजेण्डालाई कार्यान्वयन गरिने उहाँले प्रष्ट पार्नुभयो । उहाँले पार्टीको सङ्गठन सहरदेखि गाउँसम्म निर्माण गरी जनताको समस्या समाधानतर्फ लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष लिङ्देनले राप्रपा मुलुकको एक मात्र प्रजातान्तिक पार्टी भएकाले गाउँको एउटा ठिटो केन्द्रीय अध्यक्ष बन्न सफल भएको चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने मार्ग पार्टी रहेको बताउनुभयो ।

पार्टीका महामन्त्री प्रल्हादप्रसाद साहले मध्यावधि निर्वाचन जहिले पनि हुनसक्ने भएको कार्यकर्ताहरूलाई जनताको घरदैलोमा जान आग्रह गर्नुभयो ।

पार्टीका प्रदेश अध्यक्ष राम थापा, जिल्ला अध्यक्ष गोपाल कटुवाल र मनोज बस्नेत लगायतले जनतालाई सर्वोपरी मानी कार्य गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लिङ्देनले पत्रकार अशोक पौडेलद्वारा लिखित ‘पत्रकारितामा जीवनको तीन दशक भाग–१’ सार्वजनिक गर्नुभएको थियो । रासस