२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका सांसद तामाङविरुद्ध पक्राउ पुर्जी



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा उनीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन् ।

धादिङ–२ (ख) बाट निर्वाचित भएका तामाङ प्रदेशको सहकारी मन्त्री पनि भएका थिए ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले दबाब दिएर आफ्ना काका ससुरा तामाङको कम्पनीलाई दिलाइदिएको सबस्टेसन निर्माणसम्बन्धी विवादमा तामाङलाई पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

पक्राउ पुर्जी जारी हुनेहरूमा तामाङसहित सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन् । उनीहरु प्रोसोलुसन्सका संस्थापकहरू हुन् ।

ललितपुर जिल्ला अदालतले ५ फागुन २०८१ मै पक्राउ पुर्जी जारी गरेको थियो । तर, तामाङ लगायतले त्यसविरुद्ध उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए । उच्च अदालतले समेत गत ९ असारमा उनीहरुको निवेदन खारेज गरिदिएको छ ।

२०७४ कात्तिकमा चीनको पिगांओ ग्रुप अफ कम्पनिजले चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन अन्तरगतको चिलिमेको २२० केभीएको जिआईएस सव–स्टेशन र त्रिशुलीको २२० केभीएको हाइव्रिड सव–स्टेशन निर्माणको ठेक्का १ अर्ब ११ करोडमा पाएको थियो । त्यो ठेक्काको सव–कन्ट्रयाक्ट सहन इन्जिनियरिङ कन्सर्न प्रालिले पाएको थियो ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको दबाबबाट सहन इन्जिनियरिङबाट पनि लेबर कन्ट्राक्ट भने आफ्ना कान्छा ससुरा (बागमती प्रदेश सांसद डम्बर तामाङ)को प्रो–सोलुसन्सलाई दिलाएका थिए ।

त्यस ठेक्कामा सहन कन्स्ट्रक्सनले करिब ६६ करोड लगानी गरिसकेको थियो । तर, करिब ३८ करोड भुक्तानी पाएको बताइन्छ । पिंगाओले सहनलाई पैसा भुक्तानी गरेपछि उसले तामाङको प्रो सोलुसन्सलाई दिनुपर्नेमा घिसिङको दबाबमा कामको रकम पिगांओ मार्फत सोझै प्रो– सोलुसन्सलाई दिइएको थियो ।

तर, उसले सहन कन्स्ट्रक्सनलाई उसले पाउनुपर्ने रकम नदिएको खुलेको छ । यही विवादमा आपराधिक विश्वासघातको आरोपमा तामाङलगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ ।