३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुरलाई हराउँदै नेपाल च्याम्पियन



अ+ अ-

काठमाडौँ । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

भर्खरै सम्पन्न खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि जोय थापाले २४, शिवान्स बजगाइँले २०, शुभम खनालले १८ तथा प्रशिद्ध जैशीले १७ रन जोडे ।

बलिङतर्फ सिंगापुरका कपिश भेंकत्रमानले चार, युभान पाण्डेले दुई तथा वेदान्स गुप्ता र आकाश तेजाले एक–एक विकेट लिए ।

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनायो ।

उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसैगरी रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजाले १० रन बनाए । त्यसबाहेक सिंगापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन÷तीन विकेट लिए भने शुभम खनालले दुई विकेट लिए । त्यस्तै कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए ।

नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो ।