३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्लुमिनेन्स क्लब विश्वकपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा साउदी अरबको अल–हिलाललाई २(१ ले हराउदै फ्लुमिनेन्सले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलको ४०औं मिनेटमा माथेउस मार्टिनेलीले गोल गर्दै फ्लुमिनेसलाई शुरूआती अग्रता दिलाएका थिए । अल–हिलालले एकपटक पेनाल्टी पाए पनि भीएआरले उक्त निर्णय उल्टायो ।

५१औँ मिनेटमा अल हिलालका मार्कस लियोनार्डोले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । तर, ७०औँ मिनेटमा हेरकुलसले गोल गर्दै फ्लुमिन्सलाई २–१ ले अघि बढाए । त्यही गोल निर्णायक बन्यो ।