३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार ५ देखि बेपत्ता सवारी चालकको शव भेरी नदी किनारमा फेला



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सवारी चालक हिमबहादुर विष्टको शव करिब दुई हप्ता बेपत्ता भएको अवस्थामा भेरी नदी किनारमा फेला परेको छ ।

अन्दाजी २९ वर्षीय विष्ट गत असार ५ गते यता सम्पर्कविहीन थिए । सुर्खेत जिल्लाको बराहाताल गाउँपालिका–४ साजघाटस्थित भेरी नदी किनारमा शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

दैलेखको चामुण्डा–बिन्द्रासैनी नगरपालिका–२ घर भएका विष्टले असार ६ गते बिहान “बिरामी छु” भन्दै कार्यालयमा खबर गरेका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।

बेपत्ताको खोजीका क्रममा असार ९ गते भेरीगंगा नगरपालिका नजिकैको भेरी पुलको छेउमा विष्टले प्रयोग गर्ने सरकारी मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको थियो ।

यसपछि प्रहरीले खोजी तीव्र बनाएको थियो र अन्ततः शुक्रबार भेरी नदीको किनारमा उनको शव फेला परेको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।