२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता सत्तारको प्रश्न: नेतालाई छाड्ने कार्यकर्तालाई मात्र सेक्ने अनुशासन समिति किन चाहियो ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा समन्वय विभाग प्रमुख अब्दुल सत्तारले पार्टीको अनुशासन बिभाग कसका लागि हो भन्दै प्रश्न गर्नुभएको छ ।

गत १६ असारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा आज आफ्नो भनाई राख्दै नेता सत्तारले अनुशासन आयोग क्रियाशिल सदस्यका लागि मात्र भएको जस्तो देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “केन्द्रीय समितिको बैठकमा नेताहरु त त म म भएको अबस्था छ ,व्यक्तिगत रुपमा आरोप प्रत्यारोपमा उत्रिएका छन् , के केन्द्रीय सदस्य र पदाधिकारीहरु अनुशासन आयोगको क्षेत्राधिकार भित्र पर्देनन् । यदि यस्तो अबस्था रहने हो भने कि चाहियो अनुशासन समिति ?”

उहाँले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले पूर्णरुपमा उपेक्षा गरेको गुनासो गर्दे फेरी पार्टीमा फर्केर आउदा मुख देखाउन सक्ने अबस्थामा आउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो “जनताका गुनासा र समस्याका बारेमा जानकारी गराउन खोज्दा मन्त्रीहरु फोन उठाउदैनन, भेट दिदैनन् ,उहाँहरु कसका लागि काम गर्नु हुन्छ ? बजेटमा पनि पुरै उपेक्षा गरेको गुनासो गर्दे उहाँले भन्नुभयो- योजना किन मगियो किन राखिएन त्यसको जबाफ दिनु पर्छ ।”

उहाँले तोकिएको समयमा अधिबेशन गर्न नसक्ने भातृसंगठनको तदर्थ समिति बिघटन गरी निर्देशक समितिलाई जिम्मा दिनु पर्ने बताउनु भयो । लमजुङ तरुणदलको अघिवेशनले ईजरायल र ईरानको झल्को दिएको भन्दै उहाँले भन्नुभयो किन यस्तो अबस्था उत्पन्न भएको छ यसको गम्भिर समिक्षा हुनुपर्छ ।

उहाँले क्रियाशिल सदस्यहरुलाई पनि पार्टीका सक्रिय गराउन नसकेको भन्दै प्रबासमा रहेका समितिहरुले पार्टीलाई कुन दृष्टिकोण बाट हेरेका छन् त्यसको समिक्षा हुनु पर्ने बताउनु भयो ।