२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणीमा युवकको शव फेला



सांकेतिक तस्बिर
अ+ अ-

नवलपुर । पूर्वनवलपरासीको गैँडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवकको शव फेला फेरेको छ । नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले सो शव गैँडाकोट नगरपालिका–१ का २३ वर्षीय राजन शर्मा पौडेलको भएको बताए । उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ । शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको थापाले जानकारी दिए।