२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा चट्याङ लागेर एकको मृत्य चार घाइते



अ+ अ-

कर्णाली । भेरीगङ्गा नगरपालिका ८ कुइरे भन्ने स्थानमा परेको चट्याङले एक जनाको मृत्यु भएको छ ।

कुइरेमा रहेको वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा आज दिउसो ३ः०० बजे एक्कासी चट्याङ लागेर सोही वडाका २७ वर्षीय डिलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापश्चात इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्व १०, अस्थायी प्रहरी चौकी जहरे सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा पाँच जनाको प्रहरी टोली सो स्थानमा पुगेर चट्याङ लागेर सामान्य घाइते भएका सोही वडाका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीय सुनिता गिरीलाई मेहलकुना अस्पतालमा पुर्याएर उपचार भइरहेको जनाइएको छ ।