२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईओएमको डिनका लागि प्रधानमन्त्रीकी निजी चिकित्सकसहित तिन जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डीन पदका लागि  प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहसहित तिन जनाको नाम सिफारिस भएको छ । मंगलबार प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले तिन जनाको नाम सिफारिस गरेको हो ।

गत २१ जेठमा आईओएमका तत्कालीन डिन प्रा.डा. जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा निवृत्त भएपछि डिन पद रिक्त छ । उनको समयावधि सकिएलगत्तै त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले आईओएमका प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा ३ सदस्य डिन सिफारिस समिति गठन गरेका थियो।

समितिले डिनका लागि शाह, प्रा.डा. प्रदीप वैध, र प्रा.डा.उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको हो ।

अब त्रिवि कार्यकारी परिषदको बैठकले सिफारिस भएका नाममध्येबाट एक जनालाई डिनमा नियुक्त गर्नेछ ।