२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईओएमको डिनका लागि प्रधानमन्त्रीकी निजी चिकित्सकसहित तिन जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डीन पदका लागि  प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहसहित तिन जनाको नाम सिफारिस भएको छ । मंगलबार प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले तिन जनाको नाम सिफारिस गरेको हो ।

गत २१ जेठमा आईओएमका तत्कालीन डिन प्रा.डा. जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा निवृत्त भएपछि डिन पद रिक्त छ । उनको समयावधि सकिएलगत्तै त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले आईओएमका प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा ३ सदस्य डिन सिफारिस समिति गठन गरेका थियो।

समितिले डिनका लागि शाह, प्रा.डा. प्रदीप वैध, र प्रा.डा.उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको हो ।

अब त्रिवि कार्यकारी परिषदको बैठकले सिफारिस भएका नाममध्येबाट एक जनालाई डिनमा नियुक्त गर्नेछ ।