७ श्रावण २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद गोपिबहादुर अछामीले मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले किसानहरू अहिले धान रोपाइँमा व्यस्त रहे पनि मल नपाएको गुनासो देशभरबाट आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले निजामति विधेयकमा पनि सबैको चासो रहेकोले राष्ट्रिय सभाले बद्मासी गर्न नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संघीय निजामति विधेयक प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा आइसकेको छ । त्यस विधेयकलाई कुलिङ पिरियड भन्दा राम्रो होला । अहिले त्यसकै चर्चा पनि छ । अझैपनि बद्मासी त्यसमा कतै हुँदै छ कि के हो ? भन्ने प्रश्न जन्मिएको छ । किसानहरु अहिले धान रोपिरहेका छन् । तरर मल पाइराखेका छैनन् भन्ने जताततैबाट कम्पलेनहरु आइरहेको छ । यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अध्यक्षज्यूमार्फत सरकारसँग खेतिमा लागेका किसानहरुलाई मलको सहज उपलब्धता गर्न माग गर्दछु ।’

संघीय निजामति विधेयकमा कुलिङ पिरियडबारे व्यवस्थामा भएको हेरफेर सुधार गरी पास गर्नुपर्ने उहाँको भनाइ छ ।