२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार करोडमा बन्यो सुविधासम्पन्न वडा भवन



अ+ अ-

कास्की। पोखरा महानगरपालिका–५ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएको छ । महानगरको रु चार करोड ६४ लाख लागतमा चारतले भवन निर्माण भएको हो ।

वडाध्यक्ष विष्णुप्रसाद बरालका अनुसार भवन निर्माण गर्न रु सात करोड २६ लाख ६४ हजार ६२३ लाग्ने अनुमान गरिएकामा रु चार करोड ८४ लाखमा निर्माण सम्झौता हो ।

यसैबीच, पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरका ३३ वटा वडामध्ये अब दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको बताउनुभयो । रासस