१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यहि महिनाभित्र मेलम्चीको पानी सुरुङभित्र परीक्षण हुन्छ : मन्त्री मगर



अ+ अ-

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले यहि महिनाभित्र मेलम्चीको पानी सुरुङभित्र परीक्षण गरिने बताउनुभयो ।  

राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले लामो समयसम्म आयोजना सम्पन्न नहुँदा देशबासीलाई निराश बनाएको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्र खानेपानी वितरण गर्ने वैकल्पिक व्यस्था अनुसारको कार्यक्रम भौतिक रुपमा सम्पन्न गरी अर्को आर्थिक वर्षमा सञ्चालन गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘असारको पेरिफेरीमा टन्नेलभित्र पानी टेष्टिङको प्रकृयामा अगाडी बढ्नेछ । त्यो सकिएपछि सुन्दरीजलमा झार्ने छौँ । र यता आएपछि केयुकेएलले वितरण गर्ने छ । सुन्दरजलमा झरेपछि काठमाडौंबासीको घरमा स्वच्छ पानी जानेमा संका नगर्न आग्रह गर्दछु ।’

अहिलेको अवश्यकता अनुसार क्वारेन्टाइन तथा होल्डिङ सेन्टरहरुमा स्वच्छ खानेपानी सरसफाईको काम तिव्र गतिमा अगाडी बढेको उहाँले बताउनुभयो ।