१२ श्रावण २०८३, मंगलवार
,
Latest
नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप



अ+ अ-

चितवन। यहाँको विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य तत्व जिंकको कमीले लाग्ने खैरा रोग र गवाराको प्रकोप देखिएको छ ।

कृषि विकास कार्यालय चितवनको प्राविधिक कार्य समूहले सो अनुगमन गरेको हो । कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार हाल रोपाइँको तयारी भइरहेका खेत तथा बीउको ब्याडमा जिंक तत्वको कमीका कारण खैरा रोग देखिएको छ । गवारोको संक्रमणसमेत पाइएको छ ।

जिंकको कमी हुँदा बोटको फेदतिरको पात पहेँलिने, खैरा थोप्ला देखिने, विस्तारै पात पूरै खैरो वा रातो भएर सुक्ने र धानमा गाँज नलाग्ने कृषि प्राविधिकहरु बताउँछन् । “बीउ राख्ने बेलामै जिंक सल्फेट माटोमा हाल्नुपर्ने हो”, चौहानले भन्नुभयो, “तर अब ढिलो भइसकेकाले किसानले जिंकलाई पानीमा घोलेर स्प्रे गर्नुपर्ने हुन्छ ।”

उहाँका अनुसार पानीको अभाव हुने तथा रासायनिक मल असन्तुलित रूपमा प्रयोग गरिएका तथा एउटै खेती लगातार धेरै वर्ष लगाइरहने खेतहरूमा यस्ता रोग र कीराको प्रकोप बढी देखिन्छ ।

चौहानका अनुसार गवारो धानको प्रमुख पिराहा कीरा हो, जसको लार्भाले गुवो खाएर बीउलाई नोक्सान पु-याउने गर्छ । पहेँलो र सेतो गवारो विशेष रूपमा धानमा क्षति पु-याउने कीरा हुन् ।  ब्याडमा गबारोको प्रकोप देखिएको र यसले उत्पादनमा असर गर्न सक्ने उहाँले बताउनुभयो ।

अधिकृत चौहानले खैरा रोग नियन्त्रणका लागि जिंक सल्फेट २० ग्राम र चुन १२ ग्रामलाई ५० लिटर पानीमा मिसाइ स्टिकर थपेर एक रोपनी खेतमा छर्कनु पर्ने र ७ दिनको फरकमा दोहो¥याउन उपयुक्त हुने बताउनुभयो ।

जिल्लामा हाल २७ हजार २०७ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुँदै आएको छ । धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिकटन रहेको छ । रासस




भर्खरै