काठमाडाैंः त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा दिव्यासिंह शाह नियुक्त हुनुभएको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उहाँलाई डिनमा नियुक्ति गरेको हो । यसअघि उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
डा शाहले बिहीबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिनुभएकाे छ । यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेर हदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।
बुधबार नै प्रा डा प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा डा प्रदीप वैध र प्रा डा उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको थियो ।