४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी, अनलाइन भुक्तानीमा झन् सहज

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी, अनलाइन भुक्तानीमा झन् सहज
अ+ अ-

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेट (MOCO Digital Wallet) सँग सहकार्य गरेको छ । 

यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको (MOCO) डिजिटल वालेटमा बिना कुनै मौज्दात (Balance), बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेट (MOCO Digital) को प्रयोग गर्न सक्नेछन । मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान (QR Code Scan) गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन । यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात (Balance) लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेट (MOCO Digital Wallet) का नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । 

मोको (MOCO) सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले Payment Card Industry Data Security Standard (PCI DSS) को नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो ब्उउ सुरक्षित द्यबअप(भलम प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्व सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार, MOCO Digital Wallet प्रयोगकर्ताहरूले Unified QR Payment को समेत लाभ लिन सक्नेछन । यस सुविधामार्फत MOCO Digital Wallet प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले Alipay, Nepal pay, Union Pay, Visa जस्ता विभिन्न डिजिटल platform हरूमार्फत  Scan & Pay प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् । 

MOCO प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि Reward Point हरू प्राप्त गर्नेछन् भने संकलन भएको Reward Point हरू पछि MOCO को सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु Redeem गर्न समेत प्रयोग गर्न सकिन्छ । MOCO App  गुगल प्ले स्टोर र App Store बाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ ।