११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि गुञ्जन राई पक्राउ, एलिनालाई गालीगलौज गरेको आरोप



अ+ अ-

काठमाडौँ । प्रहरीले कवि गुञ्जन राईलाई पक्राउ गरेको छ ।

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो ।

ललितपुरका गुञ्जनलाई गायिका एलिना चौहानको जाहेरीको आधारमा पक्राउ गरेको बताइएको छ ।

गुञ्जन तीनै कवि हुन् जो एक साताअघिमात्रै नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए ।