४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगिज फुटबलर डिओगो जोटाको निधन



अ+ अ-

काठमाडौँ । लिभरपुलका स्टार खेलाडी डियोगो जोटाको निधन भएको छ ।

स्पेनिस पत्रिका मार्काले यसबारे पुष्टि गरेको छ । प्रिमियर लिग विजेता २८ वर्षीय पोर्चुगिज खेलाडीको कार दुर्घटनामा परी निधन भएको हो ।

दुर्घटना सानाब्रियाको जामोरा क्षेत्र नजिकै भएको थियो । पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी आफ्नो भाई आन्द्रेसँग यात्रा गरिरहेका थिए ।

प्रत्यक्षदर्शीहरूका अनुसार, कारमा भयानक आगो लागेको थियो र आगो नजिकैको रुखहरुमा पनि फैलिएको थियो ।

जोटाले १० दिन अघि मात्र रुट कार्डोसोसँग विवाह गरेका थिए ।

जोटा २०२० मा वोल्भरह्याम्प्टनबाट ४४.७ मिलियन युरोमा लिभरपुलमा सामेल भएका थिए । त्यसबेलादेखि, उनले टोलिका लागि १८२ खेल खेल्दै ६५ गोल गरेका छन् र २६ असिस्ट प्रदान गरेका छन् ।

उनले लिभरपुलबाट तीन उपाधि जितेका छन् । एक प्रिमियर लिग (२०२४–२५), एक एफए कप (२०२१–२२) र एक लिग कप (२०२१–२२) ।