२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन



अ+ अ-

काठमाडौँ । यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गु सङ्क्रमण तिब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गर्नुभयो । उहाँकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेङ्गु सङ्क्रमण बढ्ने उच्च जोखिम छ । उहाँले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताउनु भयो । उहाँले बिरामीमा लक्षण नदेखिने, डेङ्गु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेङ्गु सङ्क्रमणको तथ्याङ्क कम देखिएको बताउनु भयो ।

उहाँले डेङ्गु संक्रमण बढ्ने अनुमान गरी आवयक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताउनु भयो । उहाँले डेङ्गु नियन्त्रणका लागि सबैभन्दा ठूलो भुमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरुसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताउनु भयो ।