२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक : अधिकारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।  

नेपालको नयाँ नक्सालाई निशान छापमा समावेश गर्न प्रस्तुत संविधान संशोधनमाथिको छलफलमा उहाँले भारतसँग वार्ताको समान हैसियत बनाउन पनि संशोधन आवश्यक रहेको बताउनुभयो । भारतले आफ्नो संसदबाट नक्सा जारी भएपछि पछाडी हट्न नसकिने बताइरहँदा नेपालको संसदले पनि आफ्नो नक्सा पारित गरेपछि वार्ताको समान हैसियतमा पुगिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भारत भन्छ हाम्रो संसदले पारित गरेको नक्साबाट हामी फर्कन सक्दैनौँ । किन भने हाम्रो संसदले अनुमोदन गरेको छ । यदि हामीले आज यो नक्सा बनाएनौँ भने स्टाटसको एन्टी कसरी हुन्छ ? पूर्वाअवस्थामा वार्तामा बस्दा तिम्रो पनि संसदले नक्सा पास गरेको छ, हाम्रो पनि संसदले नक्सा पास गरेको छ भन्न पनि यो जरुरी भयो । फेरी पनि कुरा गर्न प¥यो नी भन्न स्टाटसको एन्टीमा पु¥याउन पनि यो जरुरी भयो ।’’

अधिकारीले आज संसदबाट नक्सा पास गरी भोली कालापानीमा गएर लड्ने नभई वार्ताबाट नै सबै समस्या समाधान गरिने बताउनुभयो । नेपालको मुल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गरी नेपालको नागरिक शासन लागु गर्नुभएको उहाँले बताउनुभयो ।

उहाँले वार्तामा जानका लागि नेपालको तर्फबाट बोलीमा संमयमता अपनाउन गरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बोलीमा किन तिक्ता ल्याउने ? यो आवश्यक छैन् । असंमयमित भाषा, टिप्पणी गर्नु नेपालको स्वभाव पनि होइन् र यो विवादलाई अब स्थानीयकरण गरौँ । बाँकी अरु कुराहरुमा नेपाल भारतको मित्रतालाई अगाडी बढाउने हो ।’’