२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले ‘बडे भाइ’को दम्ब त्यागेपछि मात्र दुई देशको सम्बन्ध सुमधुर हुन्छ : भट्टराई



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’को दम्ब त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताउनुभएको छ । 

२१ औं सताब्दीमा पनि भारतले बल्लभ भाइ पटेको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उहाँले बताउनुभयो । नेपाल भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरु सुमधुर बनाउन नेपाल भारत दुई देशको कर्तव्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभ भाइ पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन । उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । भारतले बडे भाइको दम्ब त्याग्नुपर्छ । यो त्यग्नैपर्छ नेपाल भारतको सम्बन्ध सुमधुर बनाउन ।’’

उहाँले भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१ औं सताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत सम्बन्धको सुरुवात गर्ने आँट र क्षमता देखाउन पनि आग्रह गर्नुभयो ।

राष्ट्रियसभामा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको छलफलमा उहाँले महाकाली सन्धीमा उल्लेख भएका कतिपय कुराहरुको गलत अर्थ लगाइएको बताउनुभयो । अधिकांश महाकाली नदी सीमा नदि हो भनेर उल्लेख भएको शब्दावलीलाई गलत अर्थ लगाइएको उहाँले बताउनुभयो । महाकाली पारि पनि नेपाली भूमि दोधारा चाँदनी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘महाकाली नदी सम्पूर्ण सीमानदी हो भन्न सक्ने अवस्था नेपालको छैन् । महाकाली पारी पनि दोधारा चाँदनी छन् । त्यो हाम्रो होइन भन्न सक्छौँ ? सक्दैनौ भने महाकाली सन्धीमा अधिकांश भूभाग सीमा नदी हो भनेको कुरा गलत ढंगले भनेको भनेर सोच्नु हुँदैन् ।’’

भारतीय पक्षका कारण पछिल्लो समय नेपाल भारत सम्बन्धमा दरार आएको उहाँले बताउनुभयो । वार्ताका लागि पटक पटक आग्रह गर्दापनि विवादीत क्षेत्रमा आफै सडक उद्घाटन गर्ने अनी सेना प्रमुखले नेपालको अपमान गर्दा नेपालले त्यो सहन नसक्ने उहाँले बताउनुभयो । ‘‘सीमा समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा पनि भारतबाट बेवास्त ग¥यो । भारतीय पक्षले हेपाहा र मिचाहा प्रवृति देखाएका कारण समस्या उत्पन्न भयो । यो भारतीय संस्थापनको कुटनीतिक असफलता हो’’, उहाँले भन्नुभयो ।

उहाँले सबै असमान सन्धी सम्झौता पुनरावलोकन गर्न भारत तयार हुनुपर्ने बताउनुभयो ।