२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी यू–१६ इस्ट जोन कप : नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्दै



अ+ अ-

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले आज मलेसियासँग खेल्दै छ ।

नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल अहिले विहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ ।

प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । मलेसिया भने समूह बी को उपविजेता हो ।

समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो ।

त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो ।

उता मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो ।

आजै हुने अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।