१२ श्रावण २०८३, मंगलवार
,
Latest
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बेसडर



अ+ अ-

काठमाडौं। काठमाडौंको मैतिदेवीमा सञ्चालित युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट क्याप्टेन इन्दु वर्मालाई द्यचबलम ब्mदबककबमयच नियुक्त गर्दै कक्षाः ११ को व्यवस्थापन संङकायमा भर्ना गरिएको छ ।

क्याप्टेन वर्मालाई एक समारोहका बिच कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, नेटवर्क डाइरेक्टर राजु टण्डन, एकेडेमिक इन्चार्ज तिर्थराज घिमिरे लगायतले स्वागत गर्नुभएको थियो ।

क्याप्टेन वर्माको नियुक्तिले खेलकुद तथा अध्ययनलाई सँगसँगै अगाडि बढाउन खोज्ने आम विद्यार्थीलाई प्रेरणाको श्रोत हुने विश्वास गरिएको छ । क्याप्टेन वर्मालाई शैक्षिक तथा खेल जीवनकालागि आवश्यक सबै किसिमको सहयोग गरिने प्रतिबद्धता प्रिन्सिपल डा. ज्ञवालीले व्यक्त गर्नु भयो ।

“२८ वर्षलामो गौरवमय शैक्षिक इतिहास बोकेको कलेजको ब्राण्ड एम्वासाडर तथा विद्यार्थी हुन पाउँदा मलाई मेरो खेल जीवन र अध्ययनमा थप आत्मविश्वास तथा हौसलामिलेको छ ।” क्याप्टेन बर्माले भन्नुभयो ।

क्याप्टेन वर्माको नियुक्तिले आम नेपाली युवामा खेलकुद र शिक्षा सँगसँगै सफल हुन सक्छ भन्ने विश्वासको भावना विकासहुने आशा गरिएको छ ।