२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुरा प्रहार गरी एक वृद्धको हत्या



अ+ अ-

काठमाडौँ । जनकपुरधाम उपमहननगरपालिकाका वडा नं. १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय वासुदेवप्रसाद विमलको छुरा प्रहार गरी हत्या भएको छ ।

बुधवार बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ आफ्नै घरमा प्रवेश गरी छुरा प्रहार गरेर हत्या गरेका हुन् । वासुदेवलाई उनका ज्वाइँ बेचनले घरायसी विवादका कारण घरमै छुरा प्रहार गरेको प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताउनु भयो ।

छुरा प्रहारबाट घाइते वासुदेवको अस्पताल ल्याउंदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटना पश्चात आरोपित बेचन फरार भएका छन् ।