१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा समस्या समाधानका लागि भारतसंग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि छिट्टै वार्ता अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । 

संघीय संसदका दुबै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाबाट संविधान संशोधन प्रकृया टुंगो लागेपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिनुभएको हो । राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि संशोधनको प्रकृया टुंगिने र भारतसँग पनि छिट्टै वार्ता अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राम्ररी अगाडि बढ्छ अव संविधान संशोधनको प्रक्रिया राष्ट्रपति ज्यूबाट लालमोहर लागेपछि त्यसको प्रक्रिया टुंगिन्छ । अव छिट्टै नै वार्ताको प्रक्रिया पनि अगाडि बढ्ला ।’

प्रधानमन्त्री ओलीले एमसीसीको विषयमा पनि प्रतिकृया दिनुभएको छ । सभामुखले आफ्नो अनुकुल समयमा निर्णयका लागि पेश गरेपछि त्यो विषयमा टुंगो लाग्ने बताउनुभयो ।