४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

विनोद चौधरीलाई गुरु घिमिरेको पत्र: तपाई प्रति खेद प्रकट गर्नु बाहेक विकल्प छैन !

विनोद चौधरीलाई गुरु घिमिरेको पत्र: तपाई प्रति खेद प्रकट गर्नु बाहेक विकल्प छैन !
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाप्रति गरेको टिप्पणीप्रति नेता गुरु घिमिरेले कडा आपत्ति जनाउनु भएको छ ।

उहाँले चौधरीलाई एक पत्र लेख्दै ‘चौधरी विश्वको डलर अरबपति व्यक्ति कांग्रेस हुँदा पार्टीका नयाँ पुराना सबै साथीहरूले गौरव गरेको तर जुन स्तरमा उत्रेर पार्टीको आदरणीय नेता डा. शेखरप्रति बिष बमन गर्नुभो, हामीसँग खेद प्रकट गर्नु बाहेक विकल्प छैन’ भन्दै कटाक्ष गर्नुभएको छ ।

मंगलबारको बैठकमा बोल्दै चौधरीले कांग्रेसको नेतृत्व गर्छु भन्ने व्यक्तिले विश्वले चिनेको निजी क्षेत्रको अगुवा व्यक्तिलाई पार्टीमा रोकेर अन्तर्घातीलाई बोकेको आरोप लगाउनु भएको थियो ।

नेता घिमिरेले लेख्नु भएको पत्रको पूर्णपाठ

श्री बिनोद चौधरीजी,जय नेपाल

तपाईंले हिजो नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा हाम्रो पार्टीका सम्मानित नेता डा.शेखर कोइराला माथि उठाउनु भएका ८ वटा प्रश्नहरुले हामी सबैको ध्यानाकर्षण गरेको छ।

हुन त प्रश्न उठाउन पाउनु प्रजातान्त्रिक पार्टीले आफ्ना सदस्यका लागि उपलब्ध गराएको निर्बाध सुविधा हो।तर प्रश्न उठाउनेले कस्ता प्रश्न,किन र के का लागि उठाउने भन्ने कुरामा सधैं सतर्कता अपनाउनु पर्छ र उठाइएका प्रश्नहरु जायज,बस्तुनिष्ठ,विधायक र तर्कसंगत हुनुपर्छ।नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनका निम्ति संस्था भैसकेको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमैं प्रतिष्ठित परिवारको सदस्य तथा १४ औं महाधिवेशनको सभापति पदको निकटतम प्रतिस्पर्धी पार्टी नेता माथि प्रश्न उठाउँदा चौधरीजीले निकै होसियारी अपनाउनु पर्थ्यो।यसमा उहाँ पूर्ण रुपमा चुक्नु भएकोमा निकै दुःख लागेको छ।

त्यसैले पार्टीको एउटा सदस्यको नाताले सर्वप्रथम उहाँप्रति खेद प्रकट गर्दछु!अब उहाँका प्रश्नहरुमा जाउँ,

१)तपाईं केन्द्रीय सदस्य बन्दा कसैलाई आपत्ति होइन,तर कसरी बन्नु भो भन्ने मुख्य प्रश्न हो।के तपाईं पार्टीको विधि,प्रक्रिया र मापदण्ड पुर्‍याएर केन्द्रीय सदस्य बन्नुभएको हो त?सबभन्दा पहिले आफैंलाई प्रश्न गर्नोस्।त्यसमाथि देशको सर्वाधिक पुरानो प्रजातान्त्रिक पार्टीको केन्द्रीय सदस्य चुनिंदा प्रचलित बैधानिक व्यवस्थाको पालना गर्नुपर्दैन?कि तपाईंका निम्ति स्थापित व्यवस्था लागू नहुने हो?पार्टीका अरु साथीहरूका लागि बाध्यकारी र तपाईंका निम्ति अनावश्यक हो?पार्टीले आजसम्म “पार्श्व प्रवेश”को नीति अख्तियार गरेको त हामीलाई थाहा छैन।त्यसैले तपाईं पार्टी बिधान भत्काएर केन्द्रीय सदस्य हुनभएको हो।यो बिषयमा तत्काल प्रश्न उठेको हो तर कसैले सुनेन।प्रजातन्त्र र देशका लागि सम्पूर्ण जीवन समर्पण गर्नुभएका पार्टी सभापति शेर बहादुर देउवाले समेत सुन्न भएन।पार्टी बिधानको चीरहरण हुँदा समेत हामी तमासे बन्यौं।

२)हामी सबैलाई थाहा छ,बिक्रम खनाल जुँगाको रेखी नबस्तै राजनीतिमा लागेको कांग्रेसको सिनियर यूवा हो।बिद्यालयदेखि बिश्वबिद्धालयसम्म लामो समयसम्म नेबि संघमा काम गरेको होनहार र कर्मठ नेता हो।तपाईं एमालेको समानुपातिक कोटाबाट संविधानसभाको सदस्य हुँदा कांग्रेसबाट जननिर्बाचित संविधानसभा सदस्य हो।वर्तमान नेपालको प्रजातान्त्रिक शासन प्रणाली स्थापना र पुनःस्थापनामा खनालको उर्बर जवानी,रगत,आँसु र पसिना खर्च भएको छ।उहाँको राजनीतिक व्यवस्थापन नैं नगरी तपाईं उहाँको निर्वाचन क्षेत्रमा चुनाव लड्न जाँदा उहाँको मर्ममा कति प्रहार भयो होला!साथै उहाँको राजनीतिक लगानी र त्यागको कति उपहास र अबमुल्यन भयो होला!अनुमान गर्नुभएको छ?अनि यति सहजै अन्तर्घाति भन्दिने?अनि अन्तर्घात भएको भए कसरी चुनाव जित्नु भयो?चौधरी जी,आमोद प्रमोद,ऐश्वर्य सहितको धनकुवेरको मात्र इतिहास लेखिदैन,संघर्ष,योगदान,त्याग र निष्ठाले भरिपूर्ण सुदामाहरुको पनि लेखिन्छ भन्ने थाहा छ कि छैन?

३)हामी नीजि क्षेत्रका मान्छेप्रति मात्र होइन,समग्र नीजि क्षेत्रप्रति नैं सकारात्मक छौँ।यसमा कोइराला परिवार अग्रणी छ।२०४६ सालपछि गिरिजाबाबुले अख्तियार गर्नुभएको आर्थिक नीतिको परिणाम हो फस्टाएको नीजि क्षेत्र।यसैको सहउत्पादन हो तपाईं।बिश्वको डलर अरबपति बन्नमा कांग्रेसले अपनाएको खुला अर्थनीति र उदारिकरण नैं कारक छ।

४)राजनीतिक दलहरूले उद्योगी व्यवसायीहरुसँग चन्दा माग्नु अनौठो कुरा होइन।तर चन्दा दिने व्यक्तिले चन्दा दिंदा नेता बनाउनुपर्ने शर्त राख्तैन।संसारभरि राजनीतिक दललाई चन्दा दिनेहरू सबै नेता बन्दैनन्।अपवादको कुरा फरक हो।तपाईंले कुन दलका,कसलाई,कहिले,कति चन्दा दिनुभएको छ,सार्वजनिक गर्नोस्,अनि बहस गरौंला।एउटा कुरा प्रष्ट हो,चन्दा लिए वापत तपाईंलाई नेता मान्न कोही बाध्य छैन।

५)हालका कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ शिक्षा र कृषि क्षेत्रको प्रतिष्ठित व्यवसायी हो।अहिले राजनीतिज्ञ पनि बन्नुभएको छ।उहाँको बिषयमा छुट्टै बहस गरौंला।उहाँको कसैले अपमान गरेको छैन।झन् डा.शेखर कोइराला त कसैलाई अपमान गर्ने व्यक्ति नैं होइन।

६)कोइरालालाई तपाईंले कसरी संकिर्ण भन्नसक्नुहुन्छ?के तपाईंलाई मनपरेका बिषय,घटना वा निर्णयलाई कोइरालाले वा हामी सबैले आँखा चिम्लेर ल्याप्चे लगाउनुपर्ने हो?पार्टी भित्रको अव्यवस्था,बिधानको अपहेलना,अनुशासन समितिका पक्षपाती कामकारबाही,देशको राजनीतिक परिस्थिति र सरकारका बारेमा आफ्नो धारणा राख्न नपाइने हो?कि बोल्नु अघि तपाईंलाई सोध्नुपर्ने?

७)राज्यको ओहोदा वा सरकारी पदमा बसेर अधिकारको दुरुपयोग गरी आफ्नो व्यवसायलाई फाइदा पुग्ने काम गर्न पाइन्छ त?सम्बन्धित क्षेत्रमा बिज्ञता भएको भनिएको व्यक्ति सम्बन्धित क्षेत्र कैं मन्त्री भएर आफ्नो व्यवसायलाई संरक्षण र प्रबर्द्धन गर्न मिल्छ?यो “कन्फ्लिक्ट अफ इन्टरेस्ट” भएन र?बिज्ञता र अधिकारलाई सदुपयोग गरेको भए यस्तो प्रश्न उठ्थ्यो र?बिज्ञ मन्त्री हुनु नराम्रो कसले भनेको छ?

८)कसले भनेको छ,जेलनेल भोगेको बाहेक कांग्रेस हुन पाईदैंन?यसको उदाहरण त तपाईं आफैं होइन र?मजाले कांग्रेस हुनुभएको छ।आज क्रियाशील भोलि केन्द्रीय सदस्य बन्नुभएको छ।कृयाशिल समेत नभई सांसद बन्नु भएको छ।पार्टीका पुराना साथीहरूलाई अपमान गर्नुभएको छ।पार्टीको निर्णय प्रक्रियामा अनुचित प्रभाव पार्नुभएको छ।यो भन्दा ज्यादती के हुन्छ?अझै के के हुनुपर्ने?कांग्रेसको सदस्य भएर सर्वस्वहरण भएका,परिवार गुमाएका,पाटीको बास भएका र आजसम्म कुनैं ओहोदा नपाएका हजारौं नेता कार्यकर्ता आज पनि जिवित छन्।के तपाईं ०८४ पछि,मात्रै पाँच बर्ष कांग्रेसको चौवन्नी सदस्य भएर बस्न सक्नुहुन्छ?

त्यसैले चौधरी जी,बिश्वको डलर अरबपति व्यक्ति कांग्रेस हुँदा पार्टीका नयाँ पुराना सबै साथीहरूले गौरव गरेका थियौं,हाम्रो सम्पत्ति ठानेका थियौं र संसारलाई भनेका थियौं कि बिनोद चौधरी हाम्रो पार्टीमा छ।तर तपाईंले जुन स्तरमा उत्रेर पार्टीको आदरणीय नेता डा.शेखरप्रति बिष बमन गर्नुभो,हामीसँग खेद प्रकट गर्नु बाहेक बिकल्प रहेन!
जय नेपाल !