१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व गण्डकी बोर्डिंग स्टूडेन्टस् एशोसिएसनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण



अ+ अ-

कास्की । पोखरा स्थित गण्डकी बोर्डिङ स्कूलको भुतपूर्व विद्यार्थीहरुको संगठन पूर्व गण्डकी बोर्डिंग स्टूडेन्टस् एशोसिएसन (एग्बोसा, काठमाडौं)ले  कोरोना भाइरस संक्रमण (कोबिड ९१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  

वीर अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य सामग्रीहरु संस्थाकी अध्यक्ष डा. सुजिता हिराचनले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेललाई सयुक्त रुपमा  हस्तान्तरण गर्नुभयो । 

हस्तान्तरण गरिएका सामग्रीहरुमाएन ९५ माक्स, सेनिटाइजर, सेनिटाइजर डिस्पेन्सर, सर्जिकल माक्स, फेस सिल्ड लगायतका रहेको छ । 

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले एग्बोसा, काठमाडौंले सहयोग जुटाएर स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको  संस्थाकी अध्यक्ष डा.सुजिता हिराचनले जानकारी दिनुभयो ।  

एग्बोसा, काठमाडौंले शिक्षण अस्पताल सहित उपत्यका बाहिर अस्पतालमा  पनि सहयोग उपलब्ध गराउदै जाने जनाएको छ ।