३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा क्लब विश्वकप: युभेन्ट्सलाई हराउँदै रियल मड्रिड क्वार्टरफाइनलमा



अ+ अ-

काठमाडौं। अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबल प्रतियोगितामा स्पेनको प्रसिद्ध क्लब रियल मड्रिडले इटालीको युभेन्ट्सलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गएराति सम्पन्न अन्तिम १६ को खेलमा रियल मड्रिडले युभेन्ट्सलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

खेलको दोस्रो हाफको ५४औं मिनेटमा गोन्जालो गार्सियाले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। रियल मड्रिडले खेलभरि आक्रामक प्रदर्शन गर्दै थुप्रै मौका बनाए पनि युभेन्ट्सका गोलकिपर ग्रिगेरियोको उत्कृष्ट बचाउका कारण थप गोल गर्न सकेन।

उता युभेन्ट्सले पनि केही अवसरहरू पाएको भए पनि तीलाई गोलमा परिणत गर्न असफल रह्यो। अब रियल मड्रिडले सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बोरुसिया डर्टमुन्ड र मेक्सिकन क्लब मोन्टेरेबीचको विजेतासँग भिड्नेछ।