२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइयो



अ+ अ-

काठमाडौं । विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइएको छ । शुक्रबार  कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव काठमाडौं ल्याइएको हो । 

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार यी शवहरु ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन ।

त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।

कतार एयरवेजको चार्टर्ड जहाजले २० जना नेपाली नागरिकहरुको शव र कतारमा अलपत्र परेका ४३ जना नेपालीलाई ल्याएको हो । आज नै कुबेतको जजिरा एयरले पनि २ वटा शव ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले साउदी अरबबाट एउटा शव ल्याएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण यसअघि शव ल्याउन सकिएको थिएन् ।

सरकारले चार्टर्ड विमान मार्फत अलपत्र परेका नेपालीहरु र त्यहाँ रहेका शवहरु नेपाल ल्याइएको हो । शवलाई विदेशबाट ल्याउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जिल्लासम्म पु¥याउने खर्च बैदेशिक रोजगार बार्डले व्यवहोर्नेछ । विभिन्न कारणले विदेशमा मृत्यु भएका आपन्तहरुले काठमाडौं आएर निवेदन दिएपछि बोर्डले निःशुल्क ढुवानी गर्ने छ ।

(अपडेटेड समाचार)